• स्वास्थ

    नेपालमा पनि भेटियो कोरेनाको डबल म्युटेन्ट भेरिएन्ट

      दिव्या दाहाल

    दमक । नेपालमा पहिलोपटक कोरोना भाईरसको डबल म्युटेन्ट भेरिएन्ट देखा परेको छ।ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसीडी) का निर्देशक डा.कृष्ण प्रसाद पौडेलका अनुसार,ललितपुरबाट संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट’ भेटिएको हो।

    एकै किसिमको भाइरस परिवर्तित भइ दुई स्वरुपमा देखिनुलाई डबल म्युटेन्ट भेरिएन्ट भनिन्छ।तिव्र गतिमा फैलिने र कडा रुपमा देखा पर्न सक्ने यस् नयाँ प्रजातिको भाइरस नेपालका लागि जोखिमयुक्त भएको छ।विशेष गरेर बालबालिका माथि प्रबल रुपमा पुष्टि भएको संक्रमण, बालबालिकाका अभिभावक हुँदै समुदाय स्तरमा फैलिन सक्ने सम्भावना रहेको छ।

    बुधवार भएको स्वास्थ्य मन्त्रालय मातहतको नियमित सम्मेलनमा पौडेलले,नेपालमा भेटिएको भेरिएन्टको अवस्था बारे जानकारी दिएका थिए।भारतमा पत्ता लागेको डबल म्युटेन्ट भेरिएन्ट नेपालमा संक्रमण वृद्धि हुँदै जानुको कारक तत्व भएको पाइएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा,नेपालमा थप ५८० जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै,कुल संक्रमित संख्या २८१,५६४ पुगेको छ ।

    प्रतिकृया दिनुहोस