• धर्म-संस्कृति

    राजवंशी जातिको प्रमुख चाड सिरुवा पर्व मनाइँदै

      दिव्या दाहाल

    दमक । नयाँ सालको आरम्भ सँगै वैशाख १,२ र ३ गतेसम्म राजवंशी मुलका मानिसहरुले आँफ्नो प्रमुख चाड सिरुवा पर्व मनाउने गर्छन्।वैशाख १ गतेका दिन एक आपशमा पानी छ्यापाछ्याप गरी पानी सिरुवा मनाउने प्रचलन रहेको छ।वर्षभरि सितलता प्रदान होस् तथा आफन्त र इष्टमित्रहरुबिच सबै क्रोध नष्ट भइ आपसी सम्बन्ध प्रबल होस् भन्ने कामनाका साथ पानी सिरुवा मनाउने गरिन्छ।

    वैशाख २ गतेका दिन हिलो छ्यापाछ्याप गरी काद सिरुवा मनाइन्छ।माटो र अन्नबिचको आत्मियतालाई दिगो बनाउने उद्देश्यका साथ काद सिरुवा खेल्ने चलन रहेको छ।वैशाख तिन गतेका दिन रंग सिरुवा खेलिन्छ।उक्त दिन,नव वर्षको आगमन सँगै हरेक दिन रंगिन र सुनौलो बनोस् भन्ने कामना गरी रंग सिरुवा मनाइन्छ।

    टाढा-टाढाका आफन्त,साथीभाइ र इष्टमित्रहरु भेटघाट गरी उल्लासमय ढंगबाट मनाइने सिरुवा कोरोनाकालका कारणले दुइ वर्ष देखि प्रभावित बनेको छ।खुल्ला मैदानमा विविध साँस्कृतिक कार्यक्रमहरु आयोजना गरी हर्षोल्लासका साथ मनाइने यस पर्वको रौनक पहिले भन्दा कम भएको जानकारीमा आएको छ।

    प्रतिकृया दिनुहोस