• राजनीति

    नेपालले खाद्य वस्तु निर्यात गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

      ओमकार टाइम्स

    काठमाडौं– प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुनेगरी उत्पादन भएको भएपनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताए ।

    भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन सरकार लागेको पनि बताए । नेपालले खाद्य वस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उनको जोड छ । दुई÷तीन वर्ष भित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्नेगरी काम अगाडी बढाएको पनि बताए । विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने पनि उल्लेख गरे ।

    उनले भने ‘अलिकति हाम्रो आनिबानीमा सुधार गर्नुपर्ने छ । खाद्यबस्तु हामीलाई पुग्नेगरी हाम्रो देशमा उत्पादन छ तर हाम्रो गलत बानिका कारणले खाद्यवस्तु हामीलाई पुगिराखेको छैन । खाद्यान्न पुग्या छैन । खाद्य सामाग्री पुग्या छैन । अलिकति हाम्रा आनिबानी परिवर्तन ग¥यौँ भने हामीलाई ति कुराहरुपनि पुग्छ । हामी भूमिलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा हामीले भूमि आयोग निर्माण गरेका छौँ । त्यसले अब जमिन एकातिर, धनी पुर्जा एकातिर, बसोबास एकातिर यसप्रकारको स्थितिलाई अन्त्य गरेर त्यसले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या, देखिने अनेक प्रकारका समस्याहरु जो भूमि सम्बन्धी समस्याहरु छन् तिनीहरुलाई समाधान गर्न कम्मर कसेर लागेको छ । अर्को भूमि आयोगले काम अगाडी बढाउने छ । कृषिको आधुनिकिकरणको सम्बन्धमा हामीले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम त्यस अन्र्तगत अनेक सुपरजोन, जोन, पकेट आदी यस्ता क्षेत्र तोकेरै एउटा ड्राइभ गर्न खोजेका छौँ । माछा, मासु, दुध, अण्डामा आत्मनिर्भर भइसक्याछौँ । अलिकती ध्यान पु¥याए सागसब्जीमा आत्मनिर्भर हुन सक्छौँ ।

    त्यसपछि उनले थपे–’ खाद्यवस्तुमा सम्पूर्ण रुपमा आत्मनिर्भर हुन सक्छौँ । त्यस दिशामा हामी तत्काल जान जरुरी छ । हाम्रो जस्तो उर्वर देश, हाम्रो जस्तो जमिन यस्तो मेहनती देश खान लाउन पनि नपुग्ने हाम्रो उत्पादन हुन सक्छ ? यो अत्यन्तै हाम्रो निम्ति अशोभनीय । हाम्रो निम्ति सुहाउँदै नसुहाउने कुरा हो । त्यसकारण यो नसुहाउने कुरा हामीले अन्त्य गर्नुपर्दछ । हामी खाद्यान्न, खाद्यवस्तुका निर्यातक देश हुनुपर्दछ । आयातक होइन । हामीले आयात गर्ने कुरा केही वर्ष भित्र छोटो अवधिमै अन्त्य गर्नुपर्दछ । मैले दुईतीन वर्ष भित्रै यी कुराहरुलाई अन्त्य गर्ने सोचिरहेको छु । यस अनुसार काम हामी विभिन्न ढङ्गले गरिरहेका छौँ । हाम्रो व्यापार असन्तुलन जो भयावह छ । त्यसलाई विगत केही वर्षदेखि क्रमशः घटाउँदै आएका छौँ र हरेक वर्ष ग्यापलाई अलिक न्यारोडाउन गर्ने काम गर्दै आएका छौँ । अब व्यापार असन्तुलनलाई थप असन्तुलन हुन दिदैनौँ हामी ।

    प्रतिकृया दिनुहोस