• देश

    ‘प्रचण्ड’ लाई अध्यक्ष भनिएपनि उनको हैसियत उपाध्यक्षको जस्तो मात्र छ ?

      ओमकार



    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्यक्ष भनिएपनि उनको हैसियत उपाध्यक्षको जस्तो मात्र छ ।

     

    उपाध्यक्ष भन्दा मानहानी हुने भएकाले र प्रचण्डको अस्तित्वमा नै संकट पर्ने भएकाले थपना अध्यक्ष बनाइएको भन्नेहरु पनि प्रशस्तै छन् । प्रचण्डलाई न त सरकार छ न त आफूखुशी पार्टी नै सञ्चालन गर्न पाएका छन् ।

     

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै चलाएका छन् । कुनै पनि गम्भीर विषयमा छलफल हुने गरेको छैन, भएपनि ओलीको नै निर्णय हुन्छ ।

     

    प्रचण्ड पीडा सहेर भएपनि बसेका छन् । सरकारको काम कारवाहीको विषयमा प्रचण्डलाई चित्त बुझेको छैन तरपनि विरुद्धमा बोल्न सकेका छैनन् ।

     

    ओली र प्रचण्डबीच विभिन्न विषयमा द्धन्द्ध हुँदै आएको छ । पछिल्लो समयमा सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको भनेर प्रचण्डले थप खुलासा गरेपछि ओली एकाएक रिसाएका थिए ।

     

    ओलीका अरौटेभरौटेहरुले यही बेला प्रचण्डलाई गाली गर्नसमेत भ्याए । पहिले नै ओलीले धोखा दिएको अनुभव भोगेका प्रचण्डलाई ओलीको विश्वास छैन ।

     

    पार्टी एकतामा पनि एमालेले नै बढी भाग लिएको छ । माओवादीप्रति जनताको आस्था कमजोर बन्दै गएपछि एमालेसँग एकता गरेर पार्टीको अस्तित्व बचाएका छन्, यो भने उनको महान कार्य हो ।

     

    पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले पनि माओवादीको हैसियत २९ प्रतिशत र एमालेको ७१ प्रतिशत भएको भनेर माओवादीलाई कम आंकलन गरेका थिए ।

     

    पार्टी एक भएर संयुक्त रुपमा निर्वाचनमा जाँदा कसको प्रतिशत कति भन्ने छुट्याउन पनि मुस्किल छ । राजनीतिक खेलाडीका रुपमा चिनिएका प्रचण्डले स्थानीय तहको निर्वाचनमा कांग्रेससँग सहकार्य गरेर फाइदा लिए, भरतपुरमा छोरी रेणु दाहाललाई झगडा गरेर र आतंक मच्चाएर भएपनि मेयर जिताए ।

     

    सरकार बनेको १६ महिना बितिसक्दा पनि सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन तर सरकारका दलालहरु भने विश्वमै यस्तो राम्रो सरकार नभएको भन्दै लाज पचाएर हिँडेका छन् ।

    प्रतिकृया दिनुहोस