• विदेश

    विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ करोड नाघ्यो

      ओमकार टाइम्स


    एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को शनिबार बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ करोड नाघेको छ ।

    एकै दिन ८ लाख २२ हजार ५ सय ६१ जना नयाँ बिरामी थपिएका छन् । हालसम्म सङ्क्रमित सङ्ख्या १४ करोड ४ लाख ९७ हजार ४ सय ९५ पुगेको छ ।

    सङ्क्रमितमध्ये ११ करोड ९४ लाख ८७ हजार ९ सय १२ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

    १ करोड ८० लाख ९८ हजार १ सय ७२ जनाको उपचार जारी छ । उपचाररतमध्ये १ लाख ७ हजार ५४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार ४ सय २४ कोरोना सङ्क्रमितको मृत्यु भयो । विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाखभन्दा बढी पुगेको छ ।

    विश्वमा हालसम्म ३० लाख ११ हजार ४ सय ११ जना सङ्क्रमितको मृत्यु भइसकेको हो । विश्वमा दिन प्रतिदिन कोरोना सङ्क्रमित थपिने क्रम बढेर गएको छ । विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याइसक्दा पनि सङ्क्रमण तीव्र रुपमा फैलने क्रम रोकिएको छैन । दैनिक कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।

    कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ७८ हजार ६ सय ७२ जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या ३ करोड २३ लाख २ हजार ५ सय ११ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ३२ हजार दुई सय ८३ जना उपचारपछि निको भएका छन् ।

    ६८ लाख ९० हजार तीन सय २३ जनाको उपचार भइरहेकोमा ९ हजार ७ सय ४५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित ८ सय ५० जना अमेरिकी नागरिकको मृत्यु भयो । अमेरिकामा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ लाख ७९ हजार नौ सय पाँच पुगेको छ ।

    छिमेकी मुलुक भारतमा एकै दिन २ लाख ३३ हजार ९ सय ४३ जना नयाँ बिरामी थपिए । भारतमा एकै दिन फेला परेका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो । जम्मा १ करोड ४५ लाख २१ हजार ६ सय ८३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये १ करोड २६ लाख ६६ हजार ८ सय ८९ जना उपचारपछि निको भएका छन् ।

    प्रतिकृया दिनुहोस