• सम–सामयिक

    नदीमा हामफालेर आत्महत्या गर्ने प्रयास, मलामीले गरे उद्दार

      ओमकार टाइम्स

    काठमाडौं । बर्दियामा नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने एक जनाको उद्दार भएको छ । शुक्रबार जिल्लाको मधुवन नगरपालिका ७ का ३५ वर्षीय पुरुषले स्थानीय कुसुम्बाघाटमा रहेको झोलुङगे पुलबाट हामफालेर आत्महत्या प्रयास गरेको प्रहरीले जानकारी दिए ।

    उनी नदीमा हामफालेको देखेपछि सोही स्थानमा रहेका मलामीहरूले उद्दार गरेका थिए । ती पुरुषलाई उपचारको लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ  उनको  अवस्था गम्भीर रहेको छ ।

    मानसिक रोगी समेत रहेका उनको बायाँ खुट्टा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस