• कला/ साहित्य

    होग्वार्ट्स्की नायिका

      दिव्या दाहाल

    दमक । सन् १९९७ को जुन महिनामा बेलायतमा प्रकाशीत एक पुस्तकले छोटो समयमा विश्वभरि तहल्का मच्चायो।बालबालिका देखि वयस्कहरु सम्मले अत्याधिक रुपमा रुचाएको यो पुस्तकले ब्रिटिश बुक अवार्ड,चिल्ड्र्न्स बुक अफ द इयर लगायत अन्य विभिन्न पुरस्कारहरु आँफ्नो नाम गरायो।आज पनि पुस्तकका पारखीहरुबिच चर्चाको विषय बनिरहने यो पुस्तकको नाम थियो,ह्यारी पोट्टर जसकी रचायिता थिइन् ब्रिष्टलमा जन्मिएकी एक सामान्य महिला जोन्ना क्याथलिन रोलिंग।पाठकहरु माझ भने उनी जे.के.रोलिंगका रुपमा प्रख्यात छिन्।

    रोलिंग को प्रत्येक जन्मदिन उनका पृय पाठकहरुका लागी एउटा उत्सव सरह हुन्छ।किनभने,जुलाइ ३१ उनको मात्र नभएर उनले जन्माएको जादुगर नायक ह्यारीको पनि जन्मदिन हो।रोलिंगका पिता हवाई इन्जिन सम्बन्धी काम गर्थे।विद्यालयमा उनी एक अध्ययनशील छात्रा थिइन्।वास्तवमा उनी आँफूलाई ह्यारीकी मिलनसार र नजिककी साथी हर्मियन जस्तै भएको बताउँछिन्।हर्मियनलाई उनले आँफ्नै प्रतिविम्वका रुपमा सृजना गरेकी थिइन्।

    अंग्रेज़ी,फ्रेन्च र जर्मन भाषामा निपुणता हासिल गरेकी रोलिंगले केही समय प्रकाशन गृहमा काम गरिन्।उनलाई लेखनमा असाध्यै रुचि थियो।ह्यारी पोट्टर सम्बन्धी पहिलो पुस्तक उनले १९९० बाट नै लेख्न थालेकी थिइन्।एउटा एक्लो अनि थिचोमिचोमा परेको ११ वर्षिय बालक ह्यारीलाई एकदिन अचानक होग्वार्ट्स स्कुल अफ विच्क्राफ्ट बाट निमन्त्रणा आउँछ र त्यहाँ पुगेपश्चात मात्र ह्यारीलाई आँफु जादुगर भएको कुरा बोध हुन्छ।रोलिंगले उनको रचनालाई सात भागको शृंखलामा लेख्ने योजना बनाएकी थिइन।ह्यारीले होग्वार्ट्स को जादुमयी दुनियामा बिताएका प्रत्येक वर्षको एउटा पुस्तक र त्यसपछिका तीन वर्षसम्म लगातार एउटा पुस्तक प्रकाशित गरियो।ति मध्ये -ह्यारी पोट्टर एण्ड द फिलोसोफर्स स्टोन,ह्यारी पोट्टर एण्ड द च्याम्बर अफ सेक्रेट्स्,ह्यारी पोट्टर एण्ड द गोब्लेट अफ फायर धेरै लोकपृय छन्।

    ह्यारी पोट्टरका सृंखलाहरु विश्वका ५५ वटा भन्दा बढी भाषामा अनुवादित छन् र २५ करोडभन्दा बढी प्रति बिक्री भएका छन्।सन् २००४ को फ़ोर्ब्स पत्रिकाले रोलिंगसँग एक अर्ब अमेरिकि डलर बराबरको सम्पत्ति रहेको अनुमान गरेको थियो।यसरी उनी पुस्तक लेखनबाट अर्बपति बन्ने पहिलो व्यक्ति बन्न पुगिन्।होग्वार्ट्स को जादुयी नगरमा राज ह्यारीले गरेतापनि त्यहाँकी नायिका रोलिंग नै हुन्।

    प्रतिकृया दिनुहोस