• स्वास्थ

    नेपालमा शनिबार थपिए ८४३ संक्रमित, ५ जनाकाे मृत्यु

      ओमकार टाइम्स

    नेपालमा कोरोना संक्रमित र मृतककाे दर दैनिक रुपमा बढ्न थालेेकाे छ । आज शनिबार मात्र ८४३ जना नयाँ संक्रमित थपिएका छन् ।

    आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।

    आज २२६ जना निको भएको स्वास्थइ तथा जनसंख्या मन्त्रलायले जनाएको छ । यो समेत गरी निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतककाे संख्या ३ हजार ७५ पुगेको छ ।

    प्रतिकृया दिनुहोस