• मुख्य

    लुम्बिनी प्रदेशमा ४ जना संक्रमितको मृत्यु

      ओमकार टाइम्स


    गएराति करिब ५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।

    साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

    त्यस्तै, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ः४० बजे बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका –१ की ६८ वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ ।

    हाल सम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको ज्यान गएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस