• फिचर समाचार

    नवलपरासी बस दुर्घटना- तीन जनाको उपचारका क्रममा निधन

      ओमकार टाइम्स

    रुपन्देही । शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको मृत्यु भएको छ ।

    दुर्घटना परी घाइतेमध्ये २ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

    दुर्घटनामा इलाम घर भएका २५ वर्षीया धनु दर्लामी, मकानपुर जिल्ला बकाय गाउँपालिका घर भई हाल विनयी त्रिवेणी २ दाउन्ने गुम्बामा बस्ने ५७ ज्ञामु हिसे छमु ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका निवासी ६६ वर्षीय हिमलाल न्यौपाने रहेका छन् । २८ जना घाइते रहेका छन् । घाइतेहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ७००० नम्वरको बस दाउन्ने बजार नजिक सडकबाट करिव २ सय मिटर तल खसेको थियो ।

    प्रतिकृया दिनुहोस