• स्वास्थ

    पर्सामा कोरोना संक्रमणका कारण महिलाको मृत्यु

      ओमकार टाइम्स

    पर्सा । पर्सामा कोरोना संक्रमणको कारण एक महिलाको मृत्यु भएको छ । आइतबार वीरगञ्ज महानगरपालिका– १० बस्ने ५१ वर्षीय महिलाको मृत्यु भएको हो । ती महिलालाई शनिबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको  अस्पतालका कोभिड कोअर्डिनेशन डा.सरोजरोशन दासले जानकारी दिए ।

    महिलालाई अस्पताल भर्ना गरिएलगत्तै पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ । आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस