• राजनीति

    माओवादीले बोलायो स्थायी कमिटी बैठक

      ओमकार टाइम्स

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको छ ।

    पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले  बताए ।

    भोलिको बैठकको सम्भावित एजेण्डा जानकारी गराउँदै साहले पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने बताए ।

    कर्णाली प्रदेशमा एमालेको माधव पक्षले आफ्नो पार्टीलाई सरकार टिकाउन साथ दिएपछि प्रचण्डकले केन्द्र सरकार पनि केही दिनमै फेरबदल हुने बताउँदै आएका छन् । आइतबार चितवनको माडीमा उनले आजै बेलुका राजनीतिक दलहरूसँग महत्वपूर्ण बैठक हुन लागेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस