• स्वास्थ

    एकैदिनमा एक हजारभन्दा धेरै कोरोना संक्रमित थपिए, सबैभन्दा बढी काठमाडौंमा

      ओमकार टाइम्स

    काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा तीव्र रुपमा फैलिरहेको सरकारी तथ्यांकले पुष्टि गरेको छ।

    पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। यसमध्ये ३ सय २६ जना काठमाडौंमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन्।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण फैलिएकाले सुरक्षित रहन सबैलाई अपिल गरेका छन्।

    प्रतिकृया दिनुहोस