• समाचार

    नारायणी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

      ओमकार टाइम्स

    पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीया महिलाको आइतबार उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित रहेकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शनिबार अस्पताल भर्ना गराएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिए ।

    अस्पताल भर्ना गराएकै दिन ती महिलाको पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आइसियुमा राखी उपचार हुँदै आएकामा आज मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस