• फिचर समाचार

    आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो

      ओमकार टाइम्स

    दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।

    राप्ती गाउँपालिका-५ कालापानीमा गएराति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस