• अर्थ

    कोरोना नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकको आग्रह

      ओमकार टाइम्स


    काठमाडौं । कोरोना महामारीको दोस्रो लहर बढ्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ९ बुँदे स्वास्थ्य प्रोटोकल कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको छ ।

    विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न केन्द्रीय बैंकले निर्देशन गरेको हो । बैंकमा ग्राहकको भौतिक उपस्थिति कम गराउन डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भनिएको छ ।

    कोरोना संक्रमण फैलिन सक्ने भन्दै एटीएम बुथमा सेनिटाइजर र टिस्यूपेपर अनिवार्य राख्न भनिएको छ । गोष्ठी समिनारहरू भर्चुअल रूपमा गर्न सूचित गरिएको छ ।

    बैंकका कर्मचारीहरुमा कोभिड संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गरी संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन र ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका कर्मचारीलाई क्वारेन्टिनको ब्यवस्था गर्न समेत राष्ट्र बैंकको आग्रह छ।

    प्रतिकृया दिनुहोस