• मुख्य

    नेपाली सेनाका एक जवानको युवतीको प्रेमजालले साढे चार लाख स्वाहा

      ओमकार


    काठमाडौ । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् ।

     

    दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् ।

     

    उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

     

    महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । ‘दुवै एकै ठाउँका हुन् । युवती विवाहित र बालकोटमा बस्ने रहिछन् ।

     

    उनले अर्कै केटीको फोटो राखेर फेसबुकमा फेक आइडी बनाई प्रेमजालमा पारेको देखिन्छ,’ एसएसपी थापाले भने ।

     

    यही बीचमा कार्कीलाई अर्की एक युवतीको फ्रेन्ड रिक्वेस्ट आयो । उनले स्वीकार गरे । उनको कुराकानी नयाँ युवतीसँग पनि हुन थाल्यो ।

     

    कुराकानीकै क्रममा युवतीले आफू ‘संगीता बस्नेत’ को घरबेटी भएको बताइन् । युवतीसँग उनी अझ नजिकिए । उनले आफ्नो प्रेमिकाका बारेमा अझ गहिरिएर सोध्न थाले । युवतीले पनि ‘संगीता असल केटी भएको र विवाह गर्दा राम्रो हुने’ सल्लाह दिन थालिन् ।

     

    कुराकानीकै क्रममा ती युवतीले ‘संगीता गम्भीर बिरामी भएको र उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको’ बताइन् । प्रेमिका विरामी परेको खबरले उनलाई बेचैन बनायो ।

     

    उनले सोही युवतीमार्फत उनको मुटुको अप्रेसन गर्र्नुपर्ने थाहा पाए । उनी तुरुन्तै भेट्न नर्भिक अस्पताल जाने मनस्थितिमा पुगे । युवतीलाई फोन गरे । युवतीले नर्भिक आउन भनिन् । उनी तुरुन्तै पुगे ।

     

    युवती नर्भिक छिर्ने गेटमै भेटिइन् । भेट्न डाक्टरको स्वीकृति लिनुपर्ने भन्दै दुई घन्टा कुराइन् । पछि भेट्न नमिल्ने डाक्टरको सल्लाह रहेको उनले भनिन् ।

     

    सहयोग गर्न भन्दै लिएर गएको डेढ लाख रुपैयाँ युवतीको हातमा राखिदिए । निराश हुँदै उनी घर फर्किए । भोलिपल्ट फेरि प्रेमिका भेट्न उनी अस्पताल पुगे ।

     

    यसपटक पनि उनले भेट्न सकेनन् । तर, रकम भने कहिले आइएमई गरेर पठाउँथे । कहिले युवतीको हातमा राखेर पठाउँथे ।

    प्रतिकृया दिनुहोस