• फिचर समाचार

    नक्कली पिसिआर रिपोर्टको आशंकामा १ सय ३६ जना विमानस्थलबाट फर्काइए

      ओमकार टाइम्स


    काठमाडौं – नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा १ सय ३६ जना विमानस्थलबाट फर्किएका छन्। बुधबार विमानस्थल पुगेका उनीहरुलाई अध्यागमन विभागले सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काएको हो।

    यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको बताइएको छ। सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो।

    प्रतिकृया दिनुहोस