• खेलकुद

    सिरी ए – एसी मिलानले ससुओलोको सामना गर्दै

      ओमकार टाइम्स

    एजेन्सी : इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानको एसी मिलानले ससुओलोको सामना गर्दैछ ।

    नेपाली समयअनुसार आज राति १०:१५ बजेबाट सुरु हुने उक्त खेल मिलानको घरेलु मैदानमा हुनेछ । आजको खेलमा घरेलु टोली सहज जित निकाल्दै शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग अंक दुरि छोट्याउने योजनामा रहेको छ ।

    त्यस्तै यता पाहुना टोली आजको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्दै खेल आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।

    जारी सिजन कुल ३१ खेल खेलको मिलान ६६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यता समान खेलबाट ७५ अंकसहित इन्टर मिलान शीर्ष स्थानमा रहेको भने, समान खेलबाट ४६ अंकसहित ससुओलो आठौं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस