• मुख्य

    ट्याक्टर दुर्घटना हुँदा तीनजना विद्यार्थीको मृत्यु | OmkarTimes.com

      ओमकार


    कैलाली । आछामको चौरपाटी गाउँपालिका वडा नं ३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको विद्यार्थीको मृत्यु भएको छ ।

     

    से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाईते भएका छन् ।

     

    मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा नं २ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिनुभयो ।

     

    ट्याक्टर चालक भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य जना घाईतलाई अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण अाउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस