• खेलकुद

    भोटेकोसी अध्यक्ष कप भलिबल : पुलिसलाई हराउदै न्यु डायमण्ड सेमिफाईनलमा

      ओमकार टाइम्स


    सिन्धुपाल्चोक । विभागिय टोली नेपाल पुलिस क्लबलाई  ३-१ को सेटमा पराजित गर्दै भोटेकोशी गाउँपालिकाको आयोजनामा जारी रहेको राष्ट्रिय महिला भलिवल अध्यक्ष कपमा होङगाञ्जी न्यू डाइमण्ड स्पोर्टस क्लब काठमाडौं सेमिफाईनल प्रवेश  गरेको छ ।

    होङगाञ्जी न्यू डाइमण्ड स्पोर्टस क्लब आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा विभागिय टोलीलाई २५-१५,१९-२५,२५-१० र २५-१९ को सेटमा जित निकाल्दै फाईनल पुग्ने पहिलो टोली बनेको हो।

    आज नै हुने नेपाल एपिएफ क्लब र त्रिभुबन आर्मि क्लबका बिच हने दोस्रो सेमिफाईनल खेलको बिजेतासॅंग न्यू डाइमण्डले भोली हुने फाईनलमा प्रतिस्पर्धा गर्ने छ।

    भोली सम्म संचालन हुने यस प्रतियोगितामा पाँच टिम सहभागी रहेकाछन् ।प्रतियोगितामा नेपाल पुलिस क्लब तथा न्यू डाइमण्डसहित नेपाल एपीएफ, त्रिभुबन आर्मी  क्लब र ढोरपाटन क्लबको सहभागीता रहेको थियो।

     प्रतियोगिताको विजेतालाई ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुनेलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक कुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचलाई ट्रफीसहित नगद २ हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई नगद ७ हजार र ट्रफी प्रदान गरिन्छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ पाउनेछन् ।

    प्रतिकृया दिनुहोस