• अर्थ

    सानिमा लाईफ इन्स्योरेन्सको सबै कारोबार डिजिटल

      ओमकार टाइम्स


    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ  ।

    सानिमा इन्स्योरेन्सले नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी कारोबार गर्ने सम्झौता गरेको हो । आज भएको सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

    एनपीआइसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

    कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुने प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले जानकारी दिए ।

    सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शूल्कको अन्लाईन भुक्तानीको वेब, मोबाईल एप तथा सदस्य बैंक वित्तिय संस्थाहरुको शाखाबाट गर्दै आएका छन् ।

    सानिमा लाइफ नेपालको जीवन बीमा र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

    प्रतिकृया दिनुहोस