• मुख्य

    पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति कोभिड–संक्रमण कारण नर्भिक अस्पतालमा भर्ना

      ओमकार टाइम्स

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । पूर्व राजा दम्पतिसहित पूर्वअधिराजकुमारी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् ।
    अस्पतालका अनुसार अस्पताल भर्ना हुनेमा पूर्वराजा ज्ञानेन्द्र सहित पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा रहेका छन् ।

    पूर्वराजाका संवाद सचिव फणीन्द्र पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको जानकारी दिए । अस्पतालका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।
    वैशाख ७ गते पूर्वराजा दम्पतिमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।

    ‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ’, नर्भिक अस्पतालले भनेको छ, ‘उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।’

    प्रतिकृया दिनुहोस