• खेलकुद

    नेपाल सुपर लिग – आज दुई खेल हुदै

      ओमकार टाइम्स

    काठमाडौं : पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज (आइतबार ) २ खेल हुदैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २:३० बजे पहिलो खेलमा विराटनगर एफसी र एफसी धनगढीबीच रोमाञ्चक भिडन्त हुनेछ ।

    त्यस्तै दोस्रो खेल साँझ ५:३० बजेबाट दशरथ रंगशालामा पोखरा थर्डस र बुटवल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    त्यस्तै हिजो सम्पन्न उद्घाटन खेलमा काठमाडौं रेजर्सले विजयी सुरुवात थियो । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

    काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ६६औं मिनेटमा ओलुमोउले गोल गरेका थिए । ओलुमोउले गोल गरेकाे जुन गोल खेलको निर्णायक गोल बन्यो ।

    प्रतिकृया दिनुहोस