• अर्थ

    आज घट्यो सुनको भाउ

      ओमकार टाइम्स


    काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । विगत केही समयदेखि बढिरहेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४०० घट्दै ९१ हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ छ ।

    यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस