• राजनीति

    कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको छ- प्रवक्ता ज्ञवाली

      ओमकार टाइम्स

    काठमाडौं– नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताएका छन् ।

    नेताहरुलाई सोधिएको स्पष्टिकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने पनि बताए । उनले भने ‘त्यसको बारेमा पनि अलिकति जानकारी गराउनुभयो प्रधानमन्त्रीले । अस्तिनै बैठकले त्यस बारेमा छलफल गरेर प्रस्ताव तयार गर्नको निम्ति स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय चाहिं आगामी दिनमा हुँदै जानेछन् । अलिकति स्थितिको हामीले समिक्षा ग¥यौँ । अहिले अविश्वासको प्रस्ताव त्याउने कोसिसहरु पनि भइरहेको छ । प्रतिपक्षले ल्याउने कुरा त धेरै ठुलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका त्यस्ता प्रयासहरु पनि छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौँ आवश्यक निर्णयहरु पछाडी उपयुक्त समयमा गरिनेछ ।’

    प्रतिकृया दिनुहोस