• स्वास्थ

    स्वास्थ्य मन्त्रालयको आग्रहः सार्वजनिक स्थलमा कार्यक्रम नगरौं, संवेदनशील बनौं

      ओमकार टाइम्स

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलमा कार्यक्रम नगर्न, नगराउन र सहभागी नहुन आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेकाले सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्नको लागि आग्रह गरेका हुन् ।

    त्यस्ता कुनै गतिविधि भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याउन पनि सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

    आफूले सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाईमा ध्यान दिन पनि आग्रह गरेको छ ।
    त्यस्तै मन्त्रालयले सञ्चार मध्यमलाई पनि जिम्मेवार हुन अपिल गरेको छ ।

    प्रतिकृया दिनुहोस