• मुख्य

    रुपन्देहीमा सवारी साधनमा जोरबिजोर प्रणाली लगाइयो

      ओमकार टाइम्स

    बुटवल ।  रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सवारीसाधन संचालनमा पनि कडाई गर्ने भएको छ । डिसीसीएमसीको आज बसेको बैठकले यही वैशाख १४ गतेबाट जिल्लामा चल्ने सवारी साधनहरुलाई जोरबिजोर प्रणालीको आधारमा चलाउने निर्णय गरेको छ ।

    रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रुपन्देहीका सार्वजनिक तथा निजी यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको  बताए ।

    उनले जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको खुलाए ।

     

    प्रतिकृया दिनुहोस