• समाचार

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

      ओमकार टाइम्स

    धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कुसुमविसौनाका स्थानीयवासी २० वर्षीय भोला महतो र स्थानीयवासी २६ वर्षीय सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । दुर्घटनामा मृत्यु हुने दुवै मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई उपचारका लागि जनकपुर लग्ने क्रममा एक जनाको बाटोमै र अर्का युवकको जानकी हेल्थ केयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नंको मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष महतोसमेत गम्भीर घाइते भएको इप्रका ढल्केवरका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । उनको उपचार लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ ।

    प्रतिकृया दिनुहोस