• समाचार

    सुरक्षाका मापदण्ड पूरा नगरी भारतबाट फर्किएकालाई सिधै घर

      ओमकार टाइम्स


    जाजरकोट – कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन्। सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ। मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो। सयौँको संख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन्।

    प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन। जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन।

    ठाउँको अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो। अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन। दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ।

    प्रतिकृया दिनुहोस