• अर्थ

    काठमाडौमा घर घडेरी कति हुनेले कतिसम्म कर तिर्नुपर्छ? |OmkarTimes.com

      ओमकार



    काठमाडौं । काठमाडौ महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ ।

     

    महानगरले बजेट सार्वजनिक गर्दै  सम्पत्तिको कर निर्धारण गरेको छ । महानगरले ०.०१० प्रतिशतदेखि ०.६०० प्रतिशतसम्म भवन र जग्गाको कर निर्धारण गरेको छ ।

     

    शुरुको एक करोडको घरजग्गामा एक हजार कर तिर्नुपर्छ । पहिलो एक करोडमा एक हजार कर सँगै रकम अनुसार कर बढ्दै जानेछ । २ करोड मूल्यको घर जग्गामा २५ सय कर लाग्नेछ । महानगरले सार्वजनिक गरेको सम्पत्ति कर अनुसार ३ करोडको घरजग्गामा ०.२० प्रतिशत अर्थात ४५ सय कर तिर्नुपर्नेछ ।

     

    ४ करोडको सम्पत्तिमा ८ हजार ५ सय तिर्नु पर्नेछ । ५ करोडको सम्पत्तिमा १४ हजार ५ सय कर तिर्नुपर्नेछ ।

     

    यसैगरी ६ करोड बराबरको घरजग्गाको ०.१०० प्रतिशतका दरले २४ हजार ५ सय रुपैयाँ कर लाग्नेछ । ८ करोड रुपैयाँ बराबरको घरजग्गामा ०.३०० प्रतिशतका दरले ८४ हजार ५ सय कर तिर्नुपर्नेछ ।

     

    १० करोड रुपैयाँको घरजग्गामा ०.४५० प्रतिशतकादरले १ लाख ७४ हजार ५ सय रुपैयाँ कर बुझाउनु पर्ने व्यवस्था भएको छ । यता १० करोड रुपैयाँ माथिको घरजग्गाको कर ०.६०० कादरले बुझाउनु पर्नेछ ।

     

    प्रतिकृया दिनुहोस