• राजनीति

    कर्णाली प्रदेशका माधव नेपाल निकट ४ सांसद पदमुक्त

      ओमकार टाइम्स

    सुर्खेत – नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन्। पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेको आरोपमा चारजनाको पद रिक्त भएको हो। प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका हुन्।

    सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन्।

    यी चारै जनाले बैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

    प्रतिकृया दिनुहोस