• मुख्य

    अक्सिजनको सपोर्टमा पूर्वराजारानीको उपचार हुँदै

      ओमकार टाइम्स

    काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ ।

    अस्पतालका अनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा राखिएको हो ।

    पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणालाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालको सूचनामा उल्लेख छ । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ ।

    कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी अस्पताल भर्ना भएका थिए ।

    प्रतिकृया दिनुहोस