• देश

    कोरोनाविरुद्ध लड्न नेपाललाई चिनको सहयोग

      ओमकार टाइम्स

    दमक । कोभिड विरुद्ध को लडाईँका निम्ति अन्तराष्ट्रीय साथ र सहयोग अपरिहार्य रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।

    मंगलबार भएको अफ्गानिस्तान, बांग्लादेश, चिन, नेपाल,पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीहरुको भेलामा संबोधन गर्दा उनले महामारीका कारण देशको अर्थतन्त्र कमजोर भएको र पुनर्उत्थानका निमित्त अन्तराष्ट्रिय सहयोग आवश्यक रहेको बताए।

    सम्मेलनका क्रममा चीनका विदेशमन्त्री वां यीले कोरोनाविरुद्धको नेपालको लडाईँलाई साथ दिदैँ युआन ५० लाख अर्थात ९ करोड़ १९ लाख बराबरको चिकित्सा उपकरण र सामाग्री अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेका छन्।

    प्रतिकृया दिनुहोस