• राजनीति

    बालुवाटार बैठकमा सहभागी भएका एमाले नेतामा कोरोना

      ओमकार टाइम्स

    काठमाडौं । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् ।

    रिजाल र भट्टराई गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी थिए । नेता भट्टराइले सोमबारको बालुवाटार बैठकमा आफू सहभागी भएको बताए । ‘बैठकमा म पनि सहभागी भएको हुँ तर, पछिल्तिर बसेको थिएँ ।

    रायमाझी र भट्टराइले सोमबार बिहान कोरोनाको पीसीआर परीक्षण गराएका थिए । उनीहरुको सोही दिन साँझ पोजेटिभ रिपोर्ट आएको थियो । रायमाझी वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् भने रिजाल र भट्टराई होम आइसोलेसनमा बसेको उनीहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस