• फिचर

    शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा पुन आगलागी

      ओमकार टाइम्स

    काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा पुन आगलागी भएको छ ।

    दिउँसो १ बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।  आगाे  निभाउनका लागि २ वटा दमकल परिचालन गरिएको छ ।चण्डेश्वरी मन्दिरको बीचमा रहेको जंगलमा आगालागी भइरहेको बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेलले  बताए ।

    उनले भने,‘ २ घण्टा देखि सल्लाको रुख भएकै ठाउँमा आगलागी भएको छ । कसले कहाँबाट लगाइदियो खै सखापै हुने भयो । ’अहिले स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत शिवपुरी निकुञ्जका कर्मचारी मिलेर आगो निभाउन प्रयास भइरहेको छ । यसअघि गत चैत २९ गते पनि निकुञ्जमा आगलागी भएको थियो ।सुन्दरीजलबाट हेलिकप्टरमा पानी ओसारेर आगो निभाइएको थियो ।

    प्रतिकृया दिनुहोस