• सम–सामयिक

    आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

      ओमकार टाइम्स

    काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । आज बिहानैदेखि काठमाडौं उपत्याकासहित अन्य केही जिल्लाहरुमा मौसम परिवर्तन भइ केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । साथै, राति पनि देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस