• फिचर समाचार

    उपचाररत पूर्वरानी कोमलको अवस्था जटिल

      ओमकार टाइम्स

    पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । अवस्था जटिल बनेपछि पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।

    उनी नर्भिक इन्टरनेसनल हस्पिटलको आइसियूमा उपचाररत छिन । बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ ।

    अक्सिजन लेभल कम भएपछि उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो । बुधबार साँझबाट उनको आईसीयूमा उपचार भइरहेको छ ।

    साेही अस्पतालमा उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । छोरी प्रेरणासँगै पूर्व राजा ज्ञानेन्द्र र कोमल शनिबार नर्भिक अस्पताल भर्ना भएका थिए ।

    प्रतिकृया दिनुहोस