• मनोरञ्जन

    गायक प्रकाश सपूतलाई कोरोना पुष्टि

      ओमकार टाइम्स

    चर्चित गायक प्रकाश सपूतलाई कोरोना पुष्टि भएको छ । होम आइसोलेसनमा बसेका प्रकाशलाई शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउँको भारी हुने, घरीघरी श्वास बढ्नेजस्ता समस्या देखिएको थियो। उनले आफूलाई कोरोना लागेकाे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएका छन् तर,  कोरोना संक्रमणले निकै हतोत्साहित गराएको बताएका छन् । अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको हो।

    प्रतिकृया दिनुहोस