• स्वास्थ

    बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया गरियाे

      ओमकार टाइम्स

    काठमाडाैँ/ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पेटको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएकाे छ ।

    काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डा. सुबोध अधिकारी नेतृत्वको टाेलीले शुक्रबार बिहान उनको शल्यक्रिया गरेको हो ।

    यसअघि ट्युमरमा क्यान्सरको शङ्का लागेपछि भट्टराईले दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए । त्यहाँ आवश्यक परीक्षणपछि उनकाे ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियाे ।

    क्यान्सर नभए पनि ट्युमर भने चाँडै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईले शल्यक्रिया गराएका हुन् ।

    प्रतिकृया दिनुहोस