• स्वास्थ

    थप ५,७२७ जनामा कोरोना पुष्टि

      ओमकार टाइम्स

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १५ हजार ३९१ पिसिआर परीक्षण ५२५ जनाको एन्टिजेन परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । पिसिआर परीक्षणमा मा ५,६५७ जना र एन्टिजेन परीक्षणमा ७० कोरोना संक्रमित पहिचान भएका थिए ।  योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस