• समाचार

    कैलालीमा कोरोना संक्रमितसँगै मृत्युदर बढ्दै

      ओमकार टाइम्स

    कैलालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढ्न थालेको छ ।
    फागुन र चैत्र महिनामा २ जनाको मृत्यु भएको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा बैशाख १८ गते शनिबार सम्ममा १६ जना पुगेको अस्पतालले जनाएको छ  ।

    त्यस्तै बैशाख १७ गते सम्म सुदुरपश्चिम प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक बिकास मन्त्रालयका  स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।

    यसैबीच सुदूरपश्चिमको धनगढीमा कोरोना संक्रमणको दर बढदै गएपछि अस्पतालहरुमा बेड थप्न थालिएको छ ।
    सुदुरपश्चिम सामुदायीक अस्पताल अत्तरियामा ४० बेडको कोरोना वाड सञ्चालन भइरहेको छ भने नवजीवन अस्पताल धनगढीमा १० बेड र पदमा अस्पताल अत्तरियामा १० बेडका थपेर  सेवा सुचारु गर्ने तयारी भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस