• सम–सामयिक

    भोलिदेख काभ्रेमा पनि निषेधाज्ञा

      ओमकार टाइम्स

    काभ्रे । काभ्रेमा भोलि मध्यरातिबाट निषेधाज्ञा लागू हुने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । निषेधाज्ञा  १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्म कायम रहने बताइएको छ । अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन ।

    बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गनए पाइने छैन । अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन । जिल्लाभित्र विकास निर्माणका काममा प्रयोग हुने सामग्रीहरु ढुवानीका लागि राति ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न लिइने सूचनामा उल्लेख छ  ।

    प्रतिकृया दिनुहोस