• सम–सामयिक

    आजको मौसम – चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

      ओमकार टाइम्स

    काठमाडैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

    महाशाखाले जनाए अनुसार हाल देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भइरहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको जानकारी दिएको छ ।
    यसैगरी, आज दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ।

    भने, वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना छ। यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

    प्रतिकृया दिनुहोस