• सम–सामयिक

    कोरोना संक्रमितको उपचारका लागि एक हजार बेड थपिँदै

      ओमकार टाइम्स


    कोभिड—१९ अस्पतालमा भर्ना हुने कोरोनाभाइरस संक्रमित बिरामीको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार बेड थप्ने तयारी गरेको छ । अस्पतालका बेड भरिन थालेपछि एक हजार बेड थप्ने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताए । संक्रमितको उपचारका लागि सरकारी, निजी, अर्धसरकारी अस्पताल र सार्वजनिक क्षेत्र प्रयोग गरिने भएको छ ।

    कहाँ कति बेड थप्ने वा  राख्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड उपचारको लागि ३ दिनभित्र जिल्लाका २५ देखि २०० बेडसम्मका गैरसरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई सूचीकृत हुन आग्रह गरेको छ ।

    सूचीकृत हुने अस्पताललाई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजार उपलव्ध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस