• समाचार

    अज्ञात रोगबाट २ बालकको मृत्यु

      ओमकार टाइम्स

    जाजरकोट । कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगका कारण २ बालकको ज्यान गएको छ ।ज्वरो आउने, पहेँलो रंगको बान्ता गर्ने लक्षण् सहितको रोगले २ जना बालकको मृत्यु भएको हो । कुशे–८ औलरीजामा बिहीबारराति १ जना र शुक्रबारराति १ जना बालकको मृत्यु भएको कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । एक्कासि ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने रोगका कारण २ जना बालकको मृत्यु भएको उनको भनाइ छ । गाउँका अन्य ६/७ जना बालबालिकामा समेत उक्त रोगको लक्षण देखा परेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस