• देश

    कुनैबेला माओवादी जनसेनामा बालसैनिक रहेका लेनिन बिष्टले १० जना बिरुद्ध मुद्दा हाले

      ओमकार


    काठमाडौ । कुनैबेला माओवादी जनसेनामा बालसैनिक रहेका लेनिन बिष्टले तीन महिने यूरोपयात्रामा सशस्त्र द्वन्द्वका समयमा मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै दशजना नेपालीविरुद्ध उजूरी दर्ता गरेका छन् ।

     

    उनले संयुक्तराष्ट्रसंघको जेनेभास्थित मानवअधिकार परिषद र बेल्जियमस्थित युरोपेली युनीयनको केन्द्रीय कार्यालयमा उजूरी दर्ता गरेका हुन् ।

     

    बिष्टले मानवअधिकार उल्लंघन गर्नेहरुविरुद्ध कानुन अनुसार कारबाहीको माग गर्दै उजूरी दर्ता भएको बताए । उनले भने,‘मैंले उजूरी दर्ता गरेको छु ।’

     

    उजूरी दर्तामा क कस्को नाम समावेश छ भन्नेबारे खुलाउन चाहेनन् । हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भने उनले उजूरी दर्ता नगरिसकेको बुझिएको छ ।

     

    २८ वर्षीय लेनिन विगतमा माओवादी सशस्त्र जनयुद्धका समयमा सैनिकका रुपमा भर्ना हुँदा १२ वर्षका थिए । बालसैनिक प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनको विपरित हुन्छ ।

     

    लेनिनले बालसैनिकका रुपमा आफूलाई प्रयोग गरिएको विषय देशभित्र र बाहिर पुगी उजागर गर्दै आएका छन् ।

     

    ज्यानको खतरा

     

    लेनिनले मानवअधिकारको हनन गर्नेविरुद्ध उभिएपछि आफूमाथि धम्कीहरु बढ्दै गएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् बढी धम्की आउने गरेको उनको दाबी छ । ‘ज्यान मार्ने धम्की समेत आउँछ,’ लेनिनले भने ।

     

    लेनिनको युरोपयात्रा

    तीन महिने युरोपयात्राबाट फर्किएका लेनिन फेरि चर्चामा छन् । उनले युरोपका विभिन्न देशको भ्रमण गरी संसदमा समेत धारणा राखेका थिए ।

     

    युरोपयात्रा निकै फलदायी भएको उनको भनाई छ । तर, लेनिनका विरोधीले उनलाई नियोजित रुपमा उक्साउने र दुरुपयोग गर्ने गरेको बताउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस