• खेलकुद

    कप्तान मेसीको दुई गोलमा बार्सिलोना विजयी

      ओमकार टाइम्स


    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    बार्सिलोनाको जितमा कप्तान लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका छन् । त्यस्तै भलेन्सियाको लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले १/१ गोल गरेका थिए ।

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा खेलमा सुरुवाती अग्रता घरेलु टोली भ्यालेन्सियाले बनाएको थियो । उसका लागि जारी खेलको ५०औं मिनेटमा गाब्रियलले गोल गरेका थिए ।

    १-० गोलले पछि परेको बार्सिलोनाले खेलको ५६औं मिनेटमा मेस्सीले पेनाल्टी चुकाएपनि त्यसमै रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए । मेस्सीको पेनाल्टीलाई जस्पर सिलेसनले बचाउँदा रिवाउन्डमा सर्जियो बुस्क्वेट्सले क्रस गरेको बललाई पेड्रीले प्रहार गर्दा गाब्रियलले गोल लाइनबाट बचाएपनि रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको ६२औं मिनेटमा ग्रिजम्यान र ६७औं मिनेटमा मेस्सीले पुन दोस्रो गोल गर्दै खेलमा ३-१ गोलको अग्रता दिलाए । र खेलको ८३औं मिनेटमा घरेलु टोलीका लागि कार्लोस सोलेरले गोल गरे पनि खेलमा फर्काउन भने सकेनन् र बार्सिलोना ३-२ गोलले विजयी भयो ।

    उक्त जितपछि बार्सिलोनाले ३४ खेलपछि ७४ अंक जोडेको छ भने अंक तालिकामा रियल म्याड्रिडसँग बराबरी गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको ३४ खेलमा ७६ अंक हासिल गर्दै २ अंकले अगाडी रहेको छ ।

    त्यस्तै भलेन्सियाको भने ३४ खेलपछि ३६ अंक मात्र रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस