• देश

    काठमाडौँ महानगरको सहयोगमा गंगालालमा अक्सिजन प्लान्ट

      दिव्या दाहाल

    दमक ।काठमाडौँ महानगरको लगानीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्ट सुचारु गरिएको छ।

    महानगरपालिकाले लगानी गरेको रु दुइ करोड़ ५५ लाख बराबरको लागतमा प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालिएको हो।

    उक्त प्लान्टबाट दैनिक रुपमा करिब ४७ लिटरका १३५ सिलिन्डर उत्पादन गर्न सकिने छ।प्लान्टमा ३७ किलोवाटको कम्प्रेसर,तीन डिग्री सेल्सियससम्म चिसो पार्ने ड्रायर,एक हजार लिटर क्षमताको एयर ट्यांक जस्ता उपकरणहरुको सुविधा रहेको छ।

    मुटुको समस्या भएका बिरामीहरुका निम्ति निःशुल्क अक्सिजन उपलब्ध गराउने उद्देश्यका साथ प्लान्टको स्थापना भएको हो।

    प्रतिकृया दिनुहोस