• देश

    यसपालि पनि फौजी किराको प्रकोप

      दिव्या दाहाल

    विगत केही वर्षमा झैँ यसपालि पनि खोटांगका अधिकांश स्थानमा लगाइएको मकै बालीमा फ़ौजी किराको प्रकोप देखा परेको छ।

    २०७६ सालमा पनि केही स्थानहरुमा देखिएको फ़ौजी किरा यस वर्षसम्म आइपुग्दा भने अधिकांश ठाउँहरुमा देखिएको हो।

    जिल्लाका १० स्थानीय तहहरु मध्ये हालसम्म जन्तेढुंगा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किराले आक्रमण गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामानन्द यादवले बताए।

    प्रतिकृया दिनुहोस